Home Immigration How To Get Emergency E-passport In 3 Days! Emergency E-passport 3 Din Maa Kasari Banaune ! #passport

How To Get Emergency E-passport In 3 Days! Emergency E-passport 3 Din Maa Kasari Banaune ! #passport

28
How To Get Emergency E-passport In 3 Days! Emergency E-passport 3 Din Maa Kasari Banaune ! #passport

बुकिङ्ग फुल भएर वा अन्य कारणले फाराम भरेर अनलाइनबाट पेश गर्न नै नसकिएमा के गर्ने ?

सामान्यतया बुकिङ्ग फुल भएको अवस्थामा फाराम पेश गर्न नसकिएको हुन सक्छ । यस्तो भएमा तुरुन्त सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु पर्दछ । कुनै व्यक्ति वा साइबरले अनधिकृत रुपमा बुकिङ्ग होल्ड गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु हुन अनुरोध छ । बुकिङ्ग कार्यालय समयमा मात्र खोलिन्छ ।बुकिङ्ग फुल भएको अवस्थामा कार्यालय खुल्ने दिन प्रायः अपरान्ह साडे चार बजे खोलिने व्यहोरा अनुरोध छ ।

लाइभइनरोलमेन्ट केन्द्र परिवर्तन गरेर एउटा भरेको फाराम हुंदा हुंदै अर्को नयाँ फाराम भर्न मिल्छ कि मिल्दैन ?

मिल्छ । निश्चित समय पछि फाराम आफै डिलिट हुन्छ । आफूले पहिले भरेको फाराम आवश्यक नपर्ने भएर हटाएमा अरु कसैले सो बुकिङ्ग पाउछ । फारम भरेकै भरमा राहदानी बन्दैन । लाइभ इनरोलमेन्ट केन्दमा गएर रुजु गर्ने, राजस्व तिर्ने, तस्विर खिच्ने, औठा छाप दिने आदि कार्य गर्नुपर्दछ ।

विद्युतीय राहदानीको दस्तुर के कति छ ?

जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि रु. पाँच हजार र ६६ पृष्ठको लागि रु. दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा रु. बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।

जिल्लाहरूमा लाइभइनरोलमेन्ट गरिसकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा हप्ताको दुर्इ पटक तयारी भएका राहदानी विभागले उपलब्ध गराउँछ । काठमाडौं उपत्यका बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब ७ देखि १५ दिन भित्र राहदानी उपलब्ध हुन्छ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउँछ ।

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा (नं २) सम्पर्क गर्नु होला, पुनः लाइन बस्नु पर्दैन । रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

म्याद भएको यन्त्रबाचक राहदानी (MRP) भएकाहरुको हकमा के हुन्छ ?
यन्त्रबाचक राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ । हराएको, बिग्रेको जस्तो अवस्था बाहेक एक बर्ष भन्दा बढी म्याद भएका राहदानीको सट्टामा नयाँ बनाउन पाइँदैन ।
साथमा तस्विर र फोटोकपीहरु ल्याउन पर्दछ कि पर्दैन ?
तस्विर लाइभ इनरोलमेन्ट सेन्टरमा खिचिने हुनाले तस्विर ल्याउनु पर्दैन । साथै तोकिएका कागजातको सक्कल ल्याउनु पर्दछ । फोटोकपीहरु आवश्यक पर्दैन ।

विद्युतीय राहदानी जारी हुन बाँकी जिल्ला प्रशासन कार्यालयहरु?
प्रदेश न. १ – धनकुटा बाहेक सबै जिल्लामा सेवा पुगेको ।
मधेश प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
गण्डकी प्रदेश – मनाङ, मुस्ताङ बाहेक सबै जिल्लामा सेवा पुगेको ।
लुम्बिनी प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
कर्णाली प्रदेश – डोल्पा बाहेकका जिल्लामा सेवा पुगेको ।
सुदूरपश्चिम प्रदेश – बाजुरा, बझाङ, बैतडी, दार्चुला बाहेक सबै जिल्लामा सेवा पुगेको ।
नोटः यो चैत्र २३ गते सम्मको विवरण हो । थपिनेक्रम जारी छ । कृपया चेक गर्नु होला ।

राहदानीको लागि निवेदन कसरी दिने ?

अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनु पर्छ । हरेकआधा घण्टाको बुकिङ्ग हुने, आधा घण्टामाकरिब सय जना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउँ भएकोले धेरै लाइन बस्नै आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र आउनु होला ।जस्तै, दिउसो ३ बजेको बुकिङ्ग छ तर विहान १० बजे नै विभागमा आएमा अनावश्यक रुपमा पाँच घण्टा बढी पर्खिनु पर्ने हुन्छ ।
सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार, सम्बन्धित मुलुकको भिसा र टिकट भएको जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र पछिका बुकिङ्गलार्इ अगाडि ल्याएर अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउन सक्नेछ ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्नु हुन अनुरोध छ ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।

follow me :-
facebook page —
instagram —
facebook —
twitter —
tiktok —
email– singhsabin720@gmail.com

source

28 COMMENTS

  1. Mero question rastriya parichaya patra number sambhandhi chha.. Plz reply be, its very important. Asma nagrikta number agadiko code number chhuteko rahechha. Aba passport form fill up garda nagrikta number parichaya patrama j chha tehi lekhnu parchha ki,, Or फेरि parichaya patrama nagrikta number sachayara matra form fill garne ki..

  2. 1)मेरो passport को अवधि 1 वर्ष भन्दा बढि मात्र छ मैले dop बाट सिधै नया passport बनाउन पाउछु कि पाउदिन?
    2) मैले आज 21 तारिक को date पाएको थिए विशेष कारण बस जान नसक्ने भए पछि एकदिन पहिलै date cancel गरिदिए तर त्यसको pdf म सग सुरक्षित छ त्यो लिएर 15 दिन भित्र गएर live enrollment मा सहभागी हुन पाउछु कि पाउदिन होला?

  3. Very useful video sir! Auta question sir,, aaja auta appointment date aapyo,, kunai mistake kaaranle bholi paassport ko laagi tyo form nujauna sakena,, aba arko naya date of appointment with naya form kina milchha ki mildaina Sir.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here